Tuesday, November 20, 2018

बाइबलीय ज्ञान (प्रस्थानको पुस्तकबाट)

बाइबल क्विज
प्रस्थान
  • प्रस्थान पुस्तकमा जम्मा ४० अध्यायहरु छन् भने जम्मा १,१९१ पदहरु रहेका छन् । 
  • प्रस्थानमा सबैभन्दा छोटो अध्याय ११ (१०पद) हो भने सबैभन्दा लामो अध्याय १२ (५१ पद) हो ।
  • ४० पदहरु समावेश भएको प्रस्थानको अध्याय २५ हो ।
  • प्रस्थानको पुस्तकमा जम्मा ४० अध्यायहरु रहेका छन् ।
  • मोशा लेवी कुलका थिए ।
  • मोशाले मिद्यानका पुजाहारी यित्रोकी छोरी सिप्पोरासँग विवाह गरेका थिए ।
  • सिप्पोराले मोशाबाट गेर्शोम र एलीएजर लाई जन्माइन् ।
  • मोशाले दर्शन देखेको डाँडा होरेब पर्वत थियो ।
  • होरेब पर्वतलाई परमेश्वरको पर्वत पनि भनिन्छ ।
  • परमेश्वरले मोशाको दाजु हारुनलाई उनको प्रवक्ता बनाउनुभएको थियो ।
  • परमेश्वरले भनेबमोजिम फारोसित कुरा गर्दा मोशा असी र हारुनचाहिँ त्रियासी वर्षका थिए ।
  • परमेश्वरले फारोको परिवारमा दश विपत्तीहरु पठाउनुभयो ।
  • परमेश्वरले मिश्र देशमा रगतको, भ्यागुताको, भुसूनाको, झीँगाको, गाईवस्तुमा, खटिराको, असिनाको, सलहको, अन्धकारको र जेठो छोराको विपत्ति पठाउनुभएको थियो 
  • परमेश्वरले मोशालाई ३ चिन्ह दिनुभएको थियो ।
  • इस्राएलीहरु मिश्रमा ४३० वर्ष दास भई बसेका थिए ।
  • योकेबेदले अम्रामबाट मोशा र हारुन लाई जन्माएकी थिइन् ।
  • निस्तार चाडको स्थापना प्रस्थान १२ अध्यायमा पाइन्छ ।
  • माराको अर्थ तितो हो ।
  • एक ओमेर बराबर २ लिटर अथवा आधा पाथी हुन्छ ।
  • मन्न को अर्थ यो के हो ? हुन्छ ।
  • मस्सा को अर्थ परीक्षा हो ।
  • मरीबा को अर्थ झगडा हो ।
  • परमेश्वरले दिनुभएको दश आज्ञा प्रस्थान २० अध्यायको १–१७ मा लेखिएको छ ।
  • गवाहीको सन्दूक बबुल काठले बनेको थियो ।
  • गवाहीको सन्दूकको लम्बाई २ हात आधा, चौडाई १ हात आधा र उचाई १ हात आधा थियो ।
  • एक तोडा बराबर करिब चौतिस किलोग्राम हुन्छ ।
  • शेकेल भन्नाले चाँदिको साढे एघार ग्रामको सिक्का भन्ने बुझिन्छ ।
  • एक गेरा करीब ०.६ ग्राम हुन्छ ।
  • एक हीन करिब चार लिटर हुन्छ ।
  • इस्राएल (याकुब) का १२ छोराहरु तथा ७० कुल सन्तानहरु थिए ।
  • इस्राएलीहरुमाथि कठोर काम (मसला र इँट तथा खेतसम्बन्धि) दिएर सताउनलाई फारोको निम्ति पिताम र रामसेस भन्ने भण्डारका शहरहरु बनाइए ।
  • इस्राएली जातिका छोरा जन्मेपछि मार्न मिश्रका राजाले शिप्रा र पूआ नामका २ जना हिब्रु सुडेनीलाई अह्राएका थिए ।
  • मोशा लेवी कूलका थिए भने बालक हुँदा उनलाई ३ महिनासम्म लुकाइएको थियो । 
  • बालक मोशालाई कुशको एउटा टोकरीमा तारपीन र अलकत्राले लिपेर तयार पारिएको डुङ्गामा राखी निल नदीको तीरमा नर्कट झाडीको बीचमा राखिएको थियो । 
  • मोशा फारोदेखि भागेर मिद्यान भन्ने देशमा गए र त्यहाँ एउटा कुवानजिक बसेका थिए ।
  • मिद्यानका पुजाहारी रुएलका ७ जना छोरीहरु थिए ।
  • मोशाको श्रीमतिको नाम सिप्पोरा थिइन भने छोराहरु गेर्शोम र एलीएजर थिए ।
  • मोशाका ससुराको नाम यित्रो थियो भने उनले ससुराका भेडाबाख्रा होरेब पर्वतमा चराउन जान्थे ।
  • दूध र मह बग्ने देश भन्नाले कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरुका देश बुझिन्थ्यो ।
  • मोशाको जिज्ञासामा परमेश्वरले भन्नुभएको आप्mनो नाउँ म हुँ जो म हुँ र म हुँ थियो ।
  • परमेश्वरले मोशालाई दिनुभएको पहिलो चिन्ह लठ्ठीलाई सर्प बनाउनु हो भने दाृस्रो हात खास्टोभित्र हालेपछि कोर लागेर हिउँजस्तो बन्नु थियो त्यस्तै तेस्रो चाहि नील नदीको पानी जमिनमा खन्याएपछि रगत बन्ने थियो ।
  • फाराले इस्राएलीहरुलाई मुक्त गर्न नमान्दा मिश्रमा परमेश्वरले १० विपत्तिहरु पठाउनुभयो जसमा पहिलो रगतको विपत्ति थियो  भने अन्तिम मानिसदेखि गाइवस्तुका जेठो सन्तानको मृत्यु हुने विपत्ति थियो ।
  • निस्तार चाडको स्थापनाबारे प्रस्थान १२ अध्यायमा उल्लेख छ भने मिश्रबाट इस्राएलीका प्रस्थानबारे १२ः३१–४२ सम्म छ 
  • निस्तार चाड खाने तरिका  पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार–हतार गरी खानु थियो ।
  • मिश्र देशमा इस्राएलीहरु जम्मा ४३० वर्ष दासत्वमा बसेका थिए ।
  • मिश्रमा पठाइएको विपत्तिले असर नगरेको ठाउँ इस्राएलीहरु बस्ने गोशेन प्रदेश थियो ।
  • असिनाको विपत्तिको समयमा सनपाट र जौ खेती वाली गरिएको थियो ।
  • अन्धकारको विपत्तिको समयमा सारा मिश्र देशमा ३ दिनसम्म अन्धकार भएको थियो ।
  • इस्राएलीहरु मिश्रबाट आफ्नो देश जान सुरु गर्दा रामसेस बाट सुक्कोतमा गएका थिए जहाँ आइमाइ र केटाकेटीबाहेक ६ लाख पैदल हिड्ने मानिसहरु थिए ।
  • मोशाले उजाडस्थानको यात्रामा योसेफका अस्थिहरु साथमा लगेका थिए ।
  • मोशाले गाएको स्तुतिगान प्रस्थान १५ अध्यायमा उल्लेख छ ।
  • हारुनको दिदी मिरियम थिइन् जो अगमवादिनी पनि थिइन् ।
  • माराको अर्थ तीतो हुन्छ भने १ ओमेर बराबर २ लिटर (आधा पाथी) हुन्थ्यो ।
  • इस्राएलीको यात्रा क्रममा एलीम भन्ने ठाउँमा १२ वटा पानीका मूल र ७० वटा खजुरका बोट थिए ।
  • मन्नका अर्थ यो के हो? हो जुन धनियाँजस्तो सेतो रङ्को थियो भने स्वादमा महमा बनाइएको बाबरजस्तो थियो । 
  • इस्राइएलीहरुले उजाडस्थान भएर जाँदा मन्न ४० वर्षसम्म खाएका थिए ।
  • परमेश्वरले होरबको एक चट्टानबाट इस्राएलीहरुलाई पानी खुवाउनुभयो ।
  • मोशाले होरेब चट्टानबाट पानी खाएको स्थानको नाउँ मस्सा र मरीबा राखे जसमा मस्साको अर्थ परिक्षा र मरीबाको अर्थ झगडा हुन्छ ।
  • अमालेकीहरुको बिरुद्धमा यहोशुको नेतृत्वमा इस्राएलीहरुको लडाइँ हुँदा मोशाको दुई हात उचाल्न हारुन र हूर थिए ।
  •  अमालेकीहरुलाई हराएपछि मोशाले एउटा वेदी बनाएर त्यसको नाउँ परमप्रभु मेरा झण्डा राखे ।
  • इस्राएलीहरुमा हजार–हजार, सय–सय र पचास –पचास मानिसहरुका बीचमा नायक(नेता) छान्ने सल्लाह मोशालाई तिनका ससुरा यित्रोले दिएका थिए ।
  • सीनै पर्वतमा इस्राएलीहरु मिश्रबाट आएको ३ महिनापछि परमेश्वरले मोशामार्पmत दश आज्ञा दिनुभयो ।
  • दश आज्ञामा पहिलो आज्ञा परमेश्वरबाहेक अरु कुनै देवीदेवता नमान्नु हो भने दशौ चाहि छिमेकीको कुनै कुराको लालच नगर्नु हो ।
  • दुइ शब्दका आज्ञाहरुः  हत्या नगर्नू –२०ः१३, व्यभिचार नगर्नू– २०ः१४, चोरी नगर्नू– २०ः१५
  • दश आज्ञा पाउदै गरेको समयमा इस्राएलीहरुले गर्जन, विजुली र तुरहीको आवाज सुने र पर्वतबाट धुवाँ उठिरहेको देखे ।
  • हिब्रु कमाराले इस्राएलीहरुको ६ वर्षसम्म सेवा गर्ने नियम बनाइएको थियो ।
  • प्रस्थान २३ः८ अनुसार घुस नखाओ किनकी घुसले मानिसलाई अन्धो तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ ।
  • प्रस्थानको पुस्तक अनुसार इस्राएलीहरुका लागि वर्षमा ३ वटा चाडहरु मान्नुपर्ने नियम थियो ।
  • आबीब महिनाको ठहराएको समयमा ७ दिनसम्म अखमिरी राटी इस्राएलीहरुले खानुपथ्र्यो जुन महिनामा उनीहरु मिश्रबाट निस्केर आएका थिए ।
  • करार पक्का हुने समयमा परमेश्वरले मोशा, हारुन, नादाब, अबीहू र इस्राएलका धर्मगुरुहरुमध्ये ७० जना आफुकहाँ माथि उक्लेर आउन र टाढैबाट आफ्ना भक्ति चढाउन भन्नुभएको थियो ।
  • मोशा बादलको बीचमा भएर पर्वतमा ४० दिन र ४० रात रहेका थिए ।
  • एक तोडा बराबर करीब ३४ किलोग्राम हुन्थ्यो ।
  • यदि हिब्रु कमाराले आफ्नी स्वास्नी र छोराहरुका माया लाग्छ र स्वतन्त्र हुन चाहन्न भनेमा त्यसलाई न्यायकर्ताहरुकहाँ ल्याइ र त्यसलाई ढोका कि ढोकाको संघारमा ल्याएर त्यसको कान सुतारोले छेड्ने नियम थियो ।
  • व्यक्तिगत हानी नोक्सानीको नियमानुसार मारिनैपर्ने कसुर अन्र्तगत ३ कसुरहरुः जसले आफ्नो बाबु आमालाई सराप्ने, हिर्काउने तथा जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्छ अथवा पक्रिदा त्यो त्यसको हातमा फेला पर्छ ।
  • ३० सिक्का चाँदी बराबर ०.४ किलोग्राम चाँदी हुने नियम थियो ।
  • परमेश्वरले मोशालाई १० वटा भएको पवित्र वासस्थान बनाउन अह्राउनुभयो ।
  • पवित्र स्थान निर्माणमा बबुल काठको प्रयोग गरिएको थियो भने त्यसमा सुन र चाँदी पनि प्रयोग भएको थियो ।
  • होम बलिको वेदीको निम्ति बबुल काठको पाँच–पाँच हातको वर्गाकार वेदी बनाइएको थियो भने उचाइ तीन हात थियो ।
  • सामदानमा राखिने तेलको लागि भद्राक्षको शुद्ध तेल प्रयोग भएको थियो ।
  • भेट हुने पालमा गवाही पाटीको सामु भएको पर्दाबाहिर हारुन र तिनका छोराहरुले दियाहरु साँझदेखि बिहानसम्म परमप्रभुको सामुन्ने बालिरहन पथ्र्यो ।
  • हारुनका छोराहरु नादाब, अबीहु, एलाजार र ईतामार गरी चार जना थिए ।
  • पुजाहारीको पोसाकः छाती पाता, एपोद, अलखा, बुनेको लवेदो, एउटा फेटा र पटुका थियो ।
  • एपोद सुनको तथा नीलो, बैजनी, रातो धागो र मसिनो गरी सुती कपडाले निपुणताका साथ बनाइन्थ्यो ।
  • परमेश्वरले दुइ वटा आनिक्समा इस्राएल(याकुब)का १२ छोराहरुको नाउँ लेख्न अह्राउनुभयो ।
  • न्यायको छाती पातामा ऊरीम र तुम्मीम राख्न लगाइएको थियो ।
  • परमेश्वरले एपोदको सम्पूर्ण अलखा नीलो रङ्गको बनाउन भन्नुभएको थियो ।
  • हारुनको निधारमा बाँधिने सुनको पातामा परमप्रभुको निम्ति पवित्र लेखिएको हुन्थ्यो ।
  • हारुन र उनका छोराहरुलाई पुजाहारीमा नियुक्त गर्न ७ दिन लागेको थियो ।
  • परमेश्वरले मोशालाई हारुनका छोराहरुका लागि लबेदा, पटुका र फेटाहरु तिनीहरुका गौरव र शोभाको निम्ति बनाउन भन्नुभयो ।
  • शेकेल भनेको चाँदीको साँढे एघार ग्रामको सिक्का थियो । एक गेरा करीब ०.६ ग्राम हुन्थ्यो ।
  • प्रायश्चितको लागि २० वर्ष र सो भन्दा बढी उमेरका इस्राएलीले परमप्रभुमा भेटी दिनुपथ्र्यो ।
  • बजलेल यहुदाका कुलको, हूरको नाति तथा ऊरीको छोरो थियो ।
  • बजलेलको सहयोगी ओहोलीआब दानका कुलको अहीसामाकको छोरो थियो ।
  • अविराम करार भनेर शवाथ (विश्राम)को दिन लाई बुझिन्थ्यो । यहोशुको बाबुको नाम नून थियो ।
  • सुनको बाछाको बारेमा प्रस्थान ३२ अध्यायमा उल्लेख छ भने सुनको बाछालाई पुज्नेहरुलाई परमप्रभुले रुढीले मार्नुभयो ।
  • परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढीलो, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ । –प्रस्थान ३४ः६ 
  • परमेश्वरले मोशालाई अशेरा देवीको मूर्तिलाई काटेर ढालिदिने आदेश दिनुभएका थियो ।
  • मोशाले दश आज्ञा लेख्ने समयमा परमप्रभुसित रोटी , पानी केही नखाइ निराहार ४० दिन र ४० रात बिताएका थिए ।

1 comment:

  1. No deposit bonuses 2021 - DrmCad
    New Players: 안동 출장샵 Only 천안 출장마사지 a single deposit can unlock a bonus of 100 Spins 인천광역 출장마사지 + 150% up to £1000! Exclusive no deposit bonus 인천광역 출장샵 offers for UK & Ireland. 안산 출장마사지

    ReplyDelete

अराजकताको दिनमा हामी के गर्न सक्छौं ?

यस वर्तमान संसारमा, अराजकता र सत्यत्यागको बीचमा, परमेश्वरका जनहरूले के गर्न सक्छन्? हामीले ठ्याक्कै के गर्नुपर्छ भनेर परमेश्वरले बताउनुभएको ...