बाइबल क्विज
सुसमाचारको पुस्तक
सुसमाचारको पुस्तक
- सुसमाचारको पुस्तक भनेर बाइबलका कुन कुन पुस्तकलाई चिनिन्छ?
- मत्ती, मर्कुस, लुका र यहुन्नाको सुसमाचार - इम्मानुएलको अर्थ के हो ?
- परमेश्वर हामीहरुसँग - प्रभु येशूको जन्म कहाँ भएको थियो ?
- यहूदियाको बेथलेहेममा - येशूको जन्मबारे मरियमलाई बताउने स्वर्गदुत को थिए ?
- गब्रियल - प्रभु येशूको जन्मको समयमा यहूदियामा कस्को शासन थियो ?
- हेरोद राजाको - प्रभु येशू कुन वंशबाटको हुनुहुन्थ्यो ?
- दाउदको वंशबाट - बालक येशूलाई ज्योतिषहरुले के–के चढाए ?
- सुन, सुगन्धित धुप र मुर्रका भेटी - ज्योतिषीहरुले उहाँलाई सुन, सुगन्धित धुप र मुर्रका भेटी चढाउनु अघि के गरे ?
- कन्तुर खोले - यहूदियामा राजा हेरोदपछि कसले शासन गरे ?
- अर्खिलाउस - बप्तिस्मा दिने यूहन्नाले उजाडस्थानमा के भन्दै प्रचार गरेका थिए ?
- पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ । - बप्तिस्मा दिने यूहन्नाले के खान्थे ?
- सलह र वनमह - बप्तिस्मा दिने यूहन्नाले के–के वस्त्र लाउँथे ?
- ऊँटको रौँको वस्त्र र छालाको पटुका - बप्तिस्मा दिने यूहन्नाले कहाँ पश्चात्तापको बप्तिस्मा दिएका थिए ?
- यर्दन नदीमा - येशू प्रभुलाई नदेखेसम्म मर्नेछैनौ भनि परमेश्वरको दर्शन पाउने व्यक्ति को थिए ?
- शिमियोन - बप्तिस्मा दिने यूहन्नाका बाबु र आमा को–को हुन् ?
- जकरिया र एलीशिबा - बप्तिस्मा दिने यूहन्नाका बाबु जकरिया कुन दलका पूजाहारी थिए ?
- अबिया दलका - बप्तिस्मा दिने यूहन्नाकी आमा एलीशिबा कुन वंशकी थिइन् ?
- हारुन वंशकी - दियाबलसको अर्को नाउँ के हो ?
- शैतान - उजाड स्थानमा येशू कति समयसम्म उपवास बस्नुभयो ?
- ४० दिन ४० रातसम्म - प्रभु येशूको प्रथम चेलाहरु को–को हुन् ?
- पत्रुस भन्ने सिमोन र अन्द्रियास - याकुब र यूहन्ना कसका छोरा थिए ?
- जब्दियाका - डाँडाको उपदेश मत्तीको कुन अध्यायमा पाइन्छ ?
- मत्ती ५ - प्रभुले सिकाउनु भएको प्रार्थना मत्तीको कति अध्यायको कति पदमा पाइन्छ ?
- मत्ती ६:९–१३ - जसले परमेश्वरको वचन सुन्छ र पालना गर्छ त्यसलाई परमेश्वरले के सँग तुलना गर्नुभएको छ ?
- बुद्धिमान मानिस - प्रभु येशूले कति रोटी र माछाबाट पाँच हजार जनालाई खुवाउनु भएको थियो ?
- पाँच रोटी र दुई माछाबाट - नयाँ करारको सुनौलो पद भनेर कुन पदलाई चिनिन्छ ?
- यूहन्ना ३:१६ - यूहन्ना १० अध्यायमा येशूलाई कुन रुपमा प्रस्तुत गरिएको छ ?
- असल गोठाला - पत्रुस सिमोन कसका छोरा थिए ?
- योनाका - जब्दियाका छोराहरु याकूब र यूहन्नालाई प्रभु येशूले के नाम दिनुभएको थियो ?
- बोअनर्गेश - बोअनर्गेशको अर्थ के हो ?
- गर्जनका छोराहरु - प्रभु येशूका सबैभन्दा प्रिय चेला को हुन् ?
- यूहन्ना - प्रभु येशूले पहिलो आश्चर्यकर्म कहाँ गर्नुभएको थियो ?
- काना शहरको विवाह भोजमा - प्रभु येशूले गर्नुभएको पहिलो आश्चर्यकर्म के थियो ?
- पानीलाई दाखमद्यमा परिणत गर्नुभएको - बालजिबुलको अर्थ के हो ?
- भुतहरुको मालिक - हेरोदियास को थिईन् ?
- राजा हेरोदको भाई फिलिपकी पत्नी - राजा हेरोदसँग बप्तिस्मा दिने यूहन्नाको शिर माग्ने स्त्री को थिईन् ?
- हेरोदियासकी छोरी - हेरोदले बप्तिस्मा दिने यूहन्नाको शिर ल्याउन कसलाई आदेश दिए ?
- गारदको एक सिपाहीलाई - १२ वर्षसम्म रगत बग्ने रोग लागेकी स्त्री कसरी निको भएकी थिई ?
- येशूको वस्त्र छोएर - प्रभु येशूले आफ्नो सेवा–कार्य आरम्भ गर्नुहुँदा उहाँ कति वर्षको हुनुहुन्थ्यो ?
- करिब ३० वर्ष - परमेश्वरको राज्यलाई केसँग तुलना गरिएको छ ?
- रायोको दाना - अन्त्यका दिनका चिन्हहरु मत्तीको कति अध्यायमा दिईएको छ ?
- मत्तीको २४ मा - प्रभु येशूले पुनर्जीवित पार्नुभएको लाजरस कुन गाउँका थिए ?
- बेथानिया - येशूले लाजरसलाई चिहानमा राखेको कति दिन पछि जीवित पार्नुभएको थियो ?
- ४ दिनपछि - प्रभु येशूले पुनर्जीवित पार्नुभएको लाजरसका दिदीहरु को–को थिए ?
- मार्था र मरियम - प्रभु येशूले आफ्नो मृत्युको बारेमा कतिपटक भविष्यवाणी गर्नुभएको थियो ?
- ३ पटक - निस्तार चाडको अन्तिम भोज तयार पार्न प्रभु येशूले कस–कसलाई शहरमा पठाउनु भएको थियो ?
- पत्रुस र यूहन्नालाई - प्रभु येशूलाई विश्वासघात गर्ने चेला को थियो ?
- यहुदा इस्करियोत - विश्वासघाती यहूदा इस्करियोत कस्को छोरो थियो ?
- सिमोन इस्करियोत - यहुदाले येशूलाई पक्राउनको निम्ति प्रधानपूजाहारीहरुसँग के लिएको थियो ?
- ३० चाँदिका सिक्का - बाह्र प्रेरितहरुमध्ये मत्ती नाउँ भएका प्रेरितले पहिले के कार्य गर्थे ?
- कर उठाउने - यहूदा इस्करियोतले प्रभु येशूलाई पक्राइदिए वापत पाएको ३० चाँदीका सिक्का के गर्यो ?
- प्रधान पूजाहारीहरुको सामु मन्दिरमा फ्याकेर गयो - यहूदा इस्करियोतले प्रभु येशूलाई पक्राइदिए वापत पाएको ३० चाँदीका सिक्का मन्दिरमा फ्याकेर गएपछि पूजाहारीहरुले त्यस सिक्काले के गरे ?
- परदेशीहरुको दफनको निम्ति जमिन किने - आखेल्दा को अर्थ के हुन्छ ?
- रगतको जमिन - बारनाबासको अर्थ के हो ?
- उत्साहको पुत्र - सिलोआम को अर्थ के हो ?
- पठाइएको - बेथानिया यरुशलेमबाट कति टाढा पर्छ ?
- प्रायः तीन किलोमिटर - प्रभु येशूले अन्तिम प्रार्थना कहाँ गर्नुभएको थियो ?
- जैतुन डाँडामा - येशूलाई कुन ठाउँबाट पक्राउ गरिएको थियो ?
- गेतसमनीको बगैँचा - प्रभुको येशूको पक्राउको समयमा त्यहाँका प्रधान पूजाहारीको थिए ?
- कैयाफा - हन्नास र कैयाफा बीचको सम्बन्ध के थियो ?
- ससुरा ज्वाँइ - येशूको पक्राउको बेला पत्रुसले कान काटिदिएको व्यक्ति को थियो ?
- प्रधान पूजाहारीको नोकर माल्खस - प्रभु येशूलाई पक्रने बित्तिकै कहाँ लगिएको थियो ?
- हन्नास कहाँ - येशूको पक्राउको समयमा पत्रुसले प्रभु येशूलाई कति पटक इन्कार गरेका थिए ?
- ३ पटक - प्रभु येशूको सट्टामा छोडिने कैदी को थियो ?
- बारब्बा - येशूको सट्टामा क्रुस बोकिदिने व्यक्ति को थिए ?
- कुरेनीको सिमोन - प्रभु येशूको क्रुस बोकिदिने कुरेनीको सिमोनको दुई सन्तानको नाउँ के के थियो ?
- अलेक्जेन्डर र रुफस - गलगथाको अर्थ के हो ?
- खोपडीको स्थान - प्रभु येशूलाई क्रुसमा टाँग्दा कति बजेको थियो ?
- बिहानको ९ बजे - प्रभु येशूको क्रुसमा के दोषपत्र टाँगिएको थियो ?
- यो यहूदीहरुको राजा हो । - येशूले कति बजे प्राण त्याग्नुभएको थियो ?
- मध्यान्हको करिब ३ बजे - येशू प्रभुलाई क्रुसमा टाँगिएपछि येशुको मृत शरिर माग्ने को थिए ?
- अरिमाथियाका योसेफ - प्रभु येशूको दफन कार्यको निम्ति निकोदेमसले के–के लिएर आएका थिए ?
- प्रायः ३३ किलो मूर्र र एलवा मिश्रित द्रव्य - येशू पुनरुत्थान भई उठ्नुभएपछि कति दिनसम्म चेलाहरुसँग रहनुभयो ?
- ४० दिनसम्म - प्रभु येशू पुनरुत्थान भई उठिसकेपछि सबैभन्दा पहिले कसकहाँ देखा पर्नुभएको थियो ?
- मरियम मग्दलिनीकहाँ - प्रभु येशू पुनरुत्थान भई मरियम मग्दलिनीकहाँ देखा परेपछि उनीबाट कति भुतहरु निकाल्नुभएको थियो
- ७ वटा - येशू कुन ठाउँबाट माथि उचालिनुभएको थियो ?
- जैतुन डाँडा
For More : www.facebook.com/victoryagchurch
©Victory AG Church, Khajura Bazaar
No comments:
Post a Comment