Saturday, November 6, 2021

अराजकताको दिनमा हामी के गर्न सक्छौं ?

यस वर्तमान संसारमा, अराजकता र सत्यत्यागको बीचमा, परमेश्वरका जनहरूले के गर्न सक्छन्? हामीले ठ्याक्कै के गर्नुपर्छ भनेर परमेश्वरले बताउनुभएको छ।

अचम्म नमान्नुहोस्

विश्वको र ईसाइमत स्वीकार गर्नेहरूको अवस्थाको बारेमा परमेश्वरको वचनले भविष्यवाणी गरेको छ, अनि ठीक त्यही कुरा हामी अहिले हाम्रो दिनमा देख्दैछौं।

“यो पनि जानिराख! अन्तिम दिनहरूमा सङ्कटपूर्ण समयहरू आउनेछन्। किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बाबुआमाकोआज्ञापालन नगर्ने, बैगुणी, अपवित्र, स्वाभाविक माया नभएका, मेल गर्न नचाहने, झूटा दोष लाउने, आत्मसंयमी नभएका, कठोर, असललाई घृणा गर्ने, विश्‍वासघाती, जिद्दीवाल, घमण्डले फुलिएका, परमेश्‍वरलाई भन्दा बरु मोजमज्जालाई प्रेम गर्ने, भक्तिको भेष ता धारण गर्ने, तर त्यसको शक्ति इन्कार गर्नेहरू हुनेछन्; यस्ताहरूबाट पर बस।” (२ तिमोथी३:१-५)

आफ्नो मुक्ति पक्का गर्नुहोस्

अन्तिम दिनहरूको ईसाइमत शक्तिहीन खालको हुनेछ भनेर बाइबलले चेताउनी दिएको छ। “भक्तिको भेष ता धारण गर्ने, तर त्यसको शक्ति इन्कार गर्नेहरू हुनेछन्; यस्ताहरूबाटपर बस।” (२ तिमोथी ३:५)

आफूले साँच्ची नै नयाँ जन्म पाएको र ख्रीष्टलाई भेट्न तयार भएको हुनु पक्का गर्नु नित्तान्त आवश्यक छ।

चित्कारको लागि तयार हुनुहोस्

“किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौं – हामी जो जीवित छौं र प्रभुको आगमनसम्म रहिरहन्छौं, हामीले कुनै रीतिले पनि ती सुतेकाहरूलाई उछिन्नेछैनौं।किनकि प्रभु आफै चीत्‍कारसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्‍वरको तुरहीको साथमा स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्, त्यसपछि हामीजीवित र रहिरहेकाहरू प्रभुलाई हावामा भेट्का निम्‍ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौं; अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं। यसकारण यी वचनहरूद्वाराएक-अर्कालाई सान्त्वना देओ!” (१ थेस्सलोनिकी ४:१५-१८)

“रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ; यसकारण अन्धकारका कामहरू फालौं र ज्योतिका हतियार भिरौं।” (रोमी १३:१२)

“तिमीहरूको कोमलता सबै मानिसहरूलाई थाह होस्! प्रभु नजिकै हुनुहुन्छ।” (फिलिप्पी ४:५)

“तिमीहरूले पनि धीरज धर! आफ्ना हृदयहरू स्थिर गराओ; किनकि प्रभुको आगमन नजिकै छ। हे भाइहरूहो, एउटाले अर्कोको विरोधमा गनगन नगर, नत्र तिमीहरू दोषीठहरिनेछौ; हेर, न्यायकर्ता ढोकाको अघिल्तिर खड़ा हुनुहुन्छ।” (याकूब ५:८-९)

“तर सबै कुराहरूको अन्त नजिकै आएको छ; यसकारण सचेत होओ, र प्रार्थनाका लागि जागा रहो!” (१ पत्रुस ४:७)

“अनि उनले मलाई भने: “यस पुस्तकको भविष्यवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि समय नजिकै छ।” (प्रकाश २२:१०)

आफ्नो स्वर्गीय नागरिकतामा मन लगाउनुहोस्

“यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्‍वरको दाहिने हातपट्टि बसिरहनुभएको छ। माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन; किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्‍वरमा लुकेको छ। जब ख्रीष्ट, जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तबतिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ।” कलस्सी ३:१-४

साँच्चीकै नयाँ नियम मण्डलीहरू निर्माण गर्नुहोस्

“तर म ढिलो भएँ भने परमेश्‍वरको घरमा, जो जीवित परमेश्‍वरको मण्डली हो, सत्यताको खाँबो र जग हो, कसरी चल्नुपर्छ, सो तिमीले जान।” (१ तिमोथी ३:१५)

“तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे, तिनीहरूले बप्‍तिस्‍मा लिए; अनि त्यही दिनमा प्राय: तीन हजार मानिसहरू तिनीहरूमा थपिए। अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरूमा दृढ़तापूर्वक लागिरहे।” (प्रेरित २:४१-४२)

ख्रीष्टको महान् आदेश पूरा गर्नुहोस्

“अनि तिनीहरूकहाँ आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नुभयो: ‘स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। यसकारण तिमीहरू जाओ, र सबै जातिहरूलाई चेलाबनाओ, तिनीहरूलाई पिताको, पुत्रको र पवित्र आत्माको नाममा बप्‍तिस्‍मा देओ, मैले तिमीहरूलाई जे-जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ; अनि हेर, मसधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु।’ आमेन!” (मत्ती २८:१८-२०)

प्रार्थना गर्नुहोस्

“यसकारण म यो अर्ती दिन्छु: सबैभन्दा पहिले सबै मानिसहरूका निम्ति विन्तीहरू, प्रार्थनाहरू, निवेदनहरू र धन्यवादहरू चढ़ाइऊन्; सारा भक्ति र इमानदारीमा शान्ति र चैनकोजीवन बिताउन सकौं भनेर राजाहरू र सबै उच्‍च अधिकारीहरूका निम्ति चढ़ाइऊन्। किनभने यो कुरा परमेश्‍वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ; उहाँ सबैमानिसहरूले मुक्ति पाऊन्, र सत्यताको ज्ञानमा आऊन् भन्ने इच्छा गर्नुहुन्छ।” (१ तिमोथी २:१-४)

“सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, अनि यसैका निम्ति सारा प्रयत्न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्ती गर्दै जागा रहो” (एफेसी ६:१८)

नियम-कानून पालन गर्ने र गराउनेहरूको समर्थक बन्नुहोस्

“हरेक मानिस उच्‍च अधिकारीहरूको अधीनतामा रहोस्। किनकि कुनै अधिकारी नै छैन, जो परमेश्‍वरबाटको होइन; अनि जुन अधिकारीहरू छन्, ती परमेश्‍वरद्वारा नियुक्तगरिएका हुन्। यसकारण जसले अधिकारीको विरोध गर्दछ, त्यसले परमेश्‍वरकै विधिलाई विरोध गर्दछ; अनि विरोध गर्नेहरूले आफूमाथि दण्ड ल्याउनेछन्। किनकि शासकहरूअसल कामहरूका निम्ति होइन, तर खराब कामहरूका निम्ति डरका कारण हुन्। के तिमी अधिकारीसँग डराउन चाहँदैनौ? असल काम गर, र तिमीले अधिकारीबाट प्रशंसापाउनेछौ। किनकि तिनी भलाइका निम्ति तिम्रा लागि परमेश्‍वरका सेवक हुन्। तर तिमी खराब काम गर्दछौ भने डराऊ; किनकि तिनले व्यर्थमा तरवार भिर्दैनन्; किनकि तिनी ताखराब काम गर्नेमाथि क्रोध प्रकट गरी बदला लिने परमेश्‍वरका सेवक हुन्। यसकारण तिमीहरू क्रोधको कारणले मात्र होइन, तर विवेकको कारणले पनि अधीनतामा रहनुपर्छ।किनभने यही कारणले गर्दा तिमीहरूले कर पनि तिर्दछौ, किनकि तिनीहरू यही काममा निरन्तर लागिरहने परमेश्‍वरका सेवकहरू हुन्। यसकारण सबैलाई, तिनीहरूलाई दिनुपर्नेकुरा देओ: जसलाई कर दिनुपर्दछ, कर; जसलाई भन्सार दिनुपर्दछ, भन्सार; जसलाई डर दिनुपर्दछ, डर; जसलाई आदर दिनुपर्दछ, आदर देओ!” (रोमी १३:१-७)

- अर्जुन बि.क.

साभार: लेखक डेविड क्लाउडको अङ्ग्रेजीबाट नेपालीमा अनूदित (wayoflife.org)

Monday, November 26, 2018

5 suggestions for attracting young people to church :

- Pastor Ron Edmondson
1. Value them and their ideas :
Young people will want to do things differently. They see things differently. We must give them a voice and an access to authority. This doesn’t mean we have to change anything we believe or teach, but it does mean we have to listen to them and not dismiss what’s on their heart and minds. I’ve found I must make time in my schedule for the younger generation. I need to engage them regularly. They want to know me personally. But, when I do, it’s huge to them – and I have more credibility to speak into their life. (And, it fuels me personally.) 
2. Give them a place to serve :
Find ways to let young people assist others. It’s a huge value for them. For the newer generation, it appears service may be the new front door. They will care more about serving than they will about “membership”. They want to make a difference meeting real needs. I’ve discovered they like hands on experiences. And, they usually aren’t afraid to get their hands dirty. 
3. Be genuine with them :
Young people can spot phonies. Let them see you are real. Authentic and transparent have been admired cultural values all their life – so they will accept nothing else. Be honest with them – about your shortcomings, your flaws and your fears. Let them learn from your mistakes and the things you did right.
4. Love them :
Young people want to sense they are loved – even when they mess up. In my experience, young people want a safe place to be transparent and they want you to love them even when they do things – and believe things – of which you wouldn’t approve. If you want an opportunity to speak into their life, they have to know you genuinely care for them. 
5. Guide them :
Young people want direction and they want to learn from your experience. If you talk about the concept of mentoring – they are into it. If a more experienced person is willing to invest in them – they’ll listen. This is a huge opportunity for the church in reaching a newer generation.
These are a few of my observations. Feel free to add your own. There are so many things drawing our young people’s attention these days. The opportunities before them are unlimited. And, frankly, church is only one small option for most of them. We must be intentional and strategic if we want to reach them.

Tuesday, November 20, 2018

बाइबलीय ज्ञान (प्रस्थानको पुस्तकबाट)

बाइबल क्विज
प्रस्थान
  • प्रस्थान पुस्तकमा जम्मा ४० अध्यायहरु छन् भने जम्मा १,१९१ पदहरु रहेका छन् । 
  • प्रस्थानमा सबैभन्दा छोटो अध्याय ११ (१०पद) हो भने सबैभन्दा लामो अध्याय १२ (५१ पद) हो ।
  • ४० पदहरु समावेश भएको प्रस्थानको अध्याय २५ हो ।
  • प्रस्थानको पुस्तकमा जम्मा ४० अध्यायहरु रहेका छन् ।
  • मोशा लेवी कुलका थिए ।
  • मोशाले मिद्यानका पुजाहारी यित्रोकी छोरी सिप्पोरासँग विवाह गरेका थिए ।
  • सिप्पोराले मोशाबाट गेर्शोम र एलीएजर लाई जन्माइन् ।
  • मोशाले दर्शन देखेको डाँडा होरेब पर्वत थियो ।
  • होरेब पर्वतलाई परमेश्वरको पर्वत पनि भनिन्छ ।
  • परमेश्वरले मोशाको दाजु हारुनलाई उनको प्रवक्ता बनाउनुभएको थियो ।
  • परमेश्वरले भनेबमोजिम फारोसित कुरा गर्दा मोशा असी र हारुनचाहिँ त्रियासी वर्षका थिए ।
  • परमेश्वरले फारोको परिवारमा दश विपत्तीहरु पठाउनुभयो ।
  • परमेश्वरले मिश्र देशमा रगतको, भ्यागुताको, भुसूनाको, झीँगाको, गाईवस्तुमा, खटिराको, असिनाको, सलहको, अन्धकारको र जेठो छोराको विपत्ति पठाउनुभएको थियो 
  • परमेश्वरले मोशालाई ३ चिन्ह दिनुभएको थियो ।
  • इस्राएलीहरु मिश्रमा ४३० वर्ष दास भई बसेका थिए ।
  • योकेबेदले अम्रामबाट मोशा र हारुन लाई जन्माएकी थिइन् ।
  • निस्तार चाडको स्थापना प्रस्थान १२ अध्यायमा पाइन्छ ।
  • माराको अर्थ तितो हो ।
  • एक ओमेर बराबर २ लिटर अथवा आधा पाथी हुन्छ ।
  • मन्न को अर्थ यो के हो ? हुन्छ ।
  • मस्सा को अर्थ परीक्षा हो ।
  • मरीबा को अर्थ झगडा हो ।
  • परमेश्वरले दिनुभएको दश आज्ञा प्रस्थान २० अध्यायको १–१७ मा लेखिएको छ ।
  • गवाहीको सन्दूक बबुल काठले बनेको थियो ।
  • गवाहीको सन्दूकको लम्बाई २ हात आधा, चौडाई १ हात आधा र उचाई १ हात आधा थियो ।
  • एक तोडा बराबर करिब चौतिस किलोग्राम हुन्छ ।
  • शेकेल भन्नाले चाँदिको साढे एघार ग्रामको सिक्का भन्ने बुझिन्छ ।
  • एक गेरा करीब ०.६ ग्राम हुन्छ ।
  • एक हीन करिब चार लिटर हुन्छ ।
  • इस्राएल (याकुब) का १२ छोराहरु तथा ७० कुल सन्तानहरु थिए ।
  • इस्राएलीहरुमाथि कठोर काम (मसला र इँट तथा खेतसम्बन्धि) दिएर सताउनलाई फारोको निम्ति पिताम र रामसेस भन्ने भण्डारका शहरहरु बनाइए ।
  • इस्राएली जातिका छोरा जन्मेपछि मार्न मिश्रका राजाले शिप्रा र पूआ नामका २ जना हिब्रु सुडेनीलाई अह्राएका थिए ।
  • मोशा लेवी कूलका थिए भने बालक हुँदा उनलाई ३ महिनासम्म लुकाइएको थियो । 
  • बालक मोशालाई कुशको एउटा टोकरीमा तारपीन र अलकत्राले लिपेर तयार पारिएको डुङ्गामा राखी निल नदीको तीरमा नर्कट झाडीको बीचमा राखिएको थियो । 
  • मोशा फारोदेखि भागेर मिद्यान भन्ने देशमा गए र त्यहाँ एउटा कुवानजिक बसेका थिए ।
  • मिद्यानका पुजाहारी रुएलका ७ जना छोरीहरु थिए ।
  • मोशाको श्रीमतिको नाम सिप्पोरा थिइन भने छोराहरु गेर्शोम र एलीएजर थिए ।
  • मोशाका ससुराको नाम यित्रो थियो भने उनले ससुराका भेडाबाख्रा होरेब पर्वतमा चराउन जान्थे ।
  • दूध र मह बग्ने देश भन्नाले कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरुका देश बुझिन्थ्यो ।
  • मोशाको जिज्ञासामा परमेश्वरले भन्नुभएको आप्mनो नाउँ म हुँ जो म हुँ र म हुँ थियो ।
  • परमेश्वरले मोशालाई दिनुभएको पहिलो चिन्ह लठ्ठीलाई सर्प बनाउनु हो भने दाृस्रो हात खास्टोभित्र हालेपछि कोर लागेर हिउँजस्तो बन्नु थियो त्यस्तै तेस्रो चाहि नील नदीको पानी जमिनमा खन्याएपछि रगत बन्ने थियो ।
  • फाराले इस्राएलीहरुलाई मुक्त गर्न नमान्दा मिश्रमा परमेश्वरले १० विपत्तिहरु पठाउनुभयो जसमा पहिलो रगतको विपत्ति थियो  भने अन्तिम मानिसदेखि गाइवस्तुका जेठो सन्तानको मृत्यु हुने विपत्ति थियो ।
  • निस्तार चाडको स्थापनाबारे प्रस्थान १२ अध्यायमा उल्लेख छ भने मिश्रबाट इस्राएलीका प्रस्थानबारे १२ः३१–४२ सम्म छ 
  • निस्तार चाड खाने तरिका  पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार–हतार गरी खानु थियो ।
  • मिश्र देशमा इस्राएलीहरु जम्मा ४३० वर्ष दासत्वमा बसेका थिए ।
  • मिश्रमा पठाइएको विपत्तिले असर नगरेको ठाउँ इस्राएलीहरु बस्ने गोशेन प्रदेश थियो ।
  • असिनाको विपत्तिको समयमा सनपाट र जौ खेती वाली गरिएको थियो ।
  • अन्धकारको विपत्तिको समयमा सारा मिश्र देशमा ३ दिनसम्म अन्धकार भएको थियो ।
  • इस्राएलीहरु मिश्रबाट आफ्नो देश जान सुरु गर्दा रामसेस बाट सुक्कोतमा गएका थिए जहाँ आइमाइ र केटाकेटीबाहेक ६ लाख पैदल हिड्ने मानिसहरु थिए ।
  • मोशाले उजाडस्थानको यात्रामा योसेफका अस्थिहरु साथमा लगेका थिए ।
  • मोशाले गाएको स्तुतिगान प्रस्थान १५ अध्यायमा उल्लेख छ ।
  • हारुनको दिदी मिरियम थिइन् जो अगमवादिनी पनि थिइन् ।
  • माराको अर्थ तीतो हुन्छ भने १ ओमेर बराबर २ लिटर (आधा पाथी) हुन्थ्यो ।
  • इस्राएलीको यात्रा क्रममा एलीम भन्ने ठाउँमा १२ वटा पानीका मूल र ७० वटा खजुरका बोट थिए ।
  • मन्नका अर्थ यो के हो? हो जुन धनियाँजस्तो सेतो रङ्को थियो भने स्वादमा महमा बनाइएको बाबरजस्तो थियो । 
  • इस्राइएलीहरुले उजाडस्थान भएर जाँदा मन्न ४० वर्षसम्म खाएका थिए ।
  • परमेश्वरले होरबको एक चट्टानबाट इस्राएलीहरुलाई पानी खुवाउनुभयो ।
  • मोशाले होरेब चट्टानबाट पानी खाएको स्थानको नाउँ मस्सा र मरीबा राखे जसमा मस्साको अर्थ परिक्षा र मरीबाको अर्थ झगडा हुन्छ ।
  • अमालेकीहरुको बिरुद्धमा यहोशुको नेतृत्वमा इस्राएलीहरुको लडाइँ हुँदा मोशाको दुई हात उचाल्न हारुन र हूर थिए ।
  •  अमालेकीहरुलाई हराएपछि मोशाले एउटा वेदी बनाएर त्यसको नाउँ परमप्रभु मेरा झण्डा राखे ।
  • इस्राएलीहरुमा हजार–हजार, सय–सय र पचास –पचास मानिसहरुका बीचमा नायक(नेता) छान्ने सल्लाह मोशालाई तिनका ससुरा यित्रोले दिएका थिए ।
  • सीनै पर्वतमा इस्राएलीहरु मिश्रबाट आएको ३ महिनापछि परमेश्वरले मोशामार्पmत दश आज्ञा दिनुभयो ।
  • दश आज्ञामा पहिलो आज्ञा परमेश्वरबाहेक अरु कुनै देवीदेवता नमान्नु हो भने दशौ चाहि छिमेकीको कुनै कुराको लालच नगर्नु हो ।
  • दुइ शब्दका आज्ञाहरुः  हत्या नगर्नू –२०ः१३, व्यभिचार नगर्नू– २०ः१४, चोरी नगर्नू– २०ः१५
  • दश आज्ञा पाउदै गरेको समयमा इस्राएलीहरुले गर्जन, विजुली र तुरहीको आवाज सुने र पर्वतबाट धुवाँ उठिरहेको देखे ।
  • हिब्रु कमाराले इस्राएलीहरुको ६ वर्षसम्म सेवा गर्ने नियम बनाइएको थियो ।
  • प्रस्थान २३ः८ अनुसार घुस नखाओ किनकी घुसले मानिसलाई अन्धो तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ ।
  • प्रस्थानको पुस्तक अनुसार इस्राएलीहरुका लागि वर्षमा ३ वटा चाडहरु मान्नुपर्ने नियम थियो ।
  • आबीब महिनाको ठहराएको समयमा ७ दिनसम्म अखमिरी राटी इस्राएलीहरुले खानुपथ्र्यो जुन महिनामा उनीहरु मिश्रबाट निस्केर आएका थिए ।
  • करार पक्का हुने समयमा परमेश्वरले मोशा, हारुन, नादाब, अबीहू र इस्राएलका धर्मगुरुहरुमध्ये ७० जना आफुकहाँ माथि उक्लेर आउन र टाढैबाट आफ्ना भक्ति चढाउन भन्नुभएको थियो ।
  • मोशा बादलको बीचमा भएर पर्वतमा ४० दिन र ४० रात रहेका थिए ।
  • एक तोडा बराबर करीब ३४ किलोग्राम हुन्थ्यो ।
  • यदि हिब्रु कमाराले आफ्नी स्वास्नी र छोराहरुका माया लाग्छ र स्वतन्त्र हुन चाहन्न भनेमा त्यसलाई न्यायकर्ताहरुकहाँ ल्याइ र त्यसलाई ढोका कि ढोकाको संघारमा ल्याएर त्यसको कान सुतारोले छेड्ने नियम थियो ।
  • व्यक्तिगत हानी नोक्सानीको नियमानुसार मारिनैपर्ने कसुर अन्र्तगत ३ कसुरहरुः जसले आफ्नो बाबु आमालाई सराप्ने, हिर्काउने तथा जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्छ अथवा पक्रिदा त्यो त्यसको हातमा फेला पर्छ ।
  • ३० सिक्का चाँदी बराबर ०.४ किलोग्राम चाँदी हुने नियम थियो ।
  • परमेश्वरले मोशालाई १० वटा भएको पवित्र वासस्थान बनाउन अह्राउनुभयो ।
  • पवित्र स्थान निर्माणमा बबुल काठको प्रयोग गरिएको थियो भने त्यसमा सुन र चाँदी पनि प्रयोग भएको थियो ।
  • होम बलिको वेदीको निम्ति बबुल काठको पाँच–पाँच हातको वर्गाकार वेदी बनाइएको थियो भने उचाइ तीन हात थियो ।
  • सामदानमा राखिने तेलको लागि भद्राक्षको शुद्ध तेल प्रयोग भएको थियो ।
  • भेट हुने पालमा गवाही पाटीको सामु भएको पर्दाबाहिर हारुन र तिनका छोराहरुले दियाहरु साँझदेखि बिहानसम्म परमप्रभुको सामुन्ने बालिरहन पथ्र्यो ।
  • हारुनका छोराहरु नादाब, अबीहु, एलाजार र ईतामार गरी चार जना थिए ।
  • पुजाहारीको पोसाकः छाती पाता, एपोद, अलखा, बुनेको लवेदो, एउटा फेटा र पटुका थियो ।
  • एपोद सुनको तथा नीलो, बैजनी, रातो धागो र मसिनो गरी सुती कपडाले निपुणताका साथ बनाइन्थ्यो ।
  • परमेश्वरले दुइ वटा आनिक्समा इस्राएल(याकुब)का १२ छोराहरुको नाउँ लेख्न अह्राउनुभयो ।
  • न्यायको छाती पातामा ऊरीम र तुम्मीम राख्न लगाइएको थियो ।
  • परमेश्वरले एपोदको सम्पूर्ण अलखा नीलो रङ्गको बनाउन भन्नुभएको थियो ।
  • हारुनको निधारमा बाँधिने सुनको पातामा परमप्रभुको निम्ति पवित्र लेखिएको हुन्थ्यो ।
  • हारुन र उनका छोराहरुलाई पुजाहारीमा नियुक्त गर्न ७ दिन लागेको थियो ।
  • परमेश्वरले मोशालाई हारुनका छोराहरुका लागि लबेदा, पटुका र फेटाहरु तिनीहरुका गौरव र शोभाको निम्ति बनाउन भन्नुभयो ।
  • शेकेल भनेको चाँदीको साँढे एघार ग्रामको सिक्का थियो । एक गेरा करीब ०.६ ग्राम हुन्थ्यो ।
  • प्रायश्चितको लागि २० वर्ष र सो भन्दा बढी उमेरका इस्राएलीले परमप्रभुमा भेटी दिनुपथ्र्यो ।
  • बजलेल यहुदाका कुलको, हूरको नाति तथा ऊरीको छोरो थियो ।
  • बजलेलको सहयोगी ओहोलीआब दानका कुलको अहीसामाकको छोरो थियो ।
  • अविराम करार भनेर शवाथ (विश्राम)को दिन लाई बुझिन्थ्यो । यहोशुको बाबुको नाम नून थियो ।
  • सुनको बाछाको बारेमा प्रस्थान ३२ अध्यायमा उल्लेख छ भने सुनको बाछालाई पुज्नेहरुलाई परमप्रभुले रुढीले मार्नुभयो ।
  • परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढीलो, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ । –प्रस्थान ३४ः६ 
  • परमेश्वरले मोशालाई अशेरा देवीको मूर्तिलाई काटेर ढालिदिने आदेश दिनुभएका थियो ।
  • मोशाले दश आज्ञा लेख्ने समयमा परमप्रभुसित रोटी , पानी केही नखाइ निराहार ४० दिन र ४० रात बिताएका थिए ।

Tuesday, October 23, 2018

बाइबल के हो?


बाइबल एक अद्भुत पुस्तक
पवित्र बाइबल
डेविड डनलाप
"बाइबल अरू पुस्तक जस्तो होइन" यो भनाइ खास अपुग छ, तरैपनि सत्य! बाइबल, संसारको इतिहासमा सबभन्दा प्रिय पुस्तक हो भने सबभन्दा घृणित पनि। छापाखानाको आविष्कारपछि सर्वप्रथम मुद्रित पुस्तक बाइबल नै हो र पनि आजसम्म संसारमा अधिकतम संख्यामा विक्री हुने पुस्तक यही हो, त्यो पनि संसारको झण्डै सबै भाषाहरूमा। यसका दाबीहरू, सत्यताहरू र भविष्यवाणीहरू अद्वित्तीय र प्रभावशाली छन् र तिनमा जीवनलाई बदल्ने सामर्थ्य लुकेको छ। यसैकारण परमेश्वरले आफ्नो वचनलाई जिउँदो (हिब्रू ४:१२) को संज्ञा दिनुभएको छ! साथै परमेश्वरले आफ्नो वचनको संरचनामा जीवन-तत्त्व समावेश गर्नुभएको छ। शताब्दियौंदेखि परमेश्वरले यी पवित्र शास्त्रहरूद्वारा हरेक युग र संस्कृतिका मानिसहरूका हृदयहरूलाई खिँच्दै आउनुभएको छ -- गरिब र धनी, घमण्डी र नम्र, शिक्षित र अनपढ। बाइबलले सिकाएका र समर्थन गरेका कुराहरू अद्‍भुतरूपमा अचूक छन्। बाइबलको मूल सन्देश मुक्तिको सन्देश हो। तरैपनि इतिहास, प्रकृति, विज्ञान वा पुरातत्त्वको विषयलाई छुँदा बाइबलको ज्ञान अग्रणी स्थानमा रहेको पाइन्छ जुन ज्ञान साँचो र सत्यापनीय भएको पाइन्छ। जीवनका सबभन्दा गहन प्रश्‍नहरूको जवाफ खोज्नेले बाइबलको बुद्धि, ज्ञान र नैतिक सिद्धान्तहरू देखेर यिनैलाई बाइबलको ईश्वरीय उद्‍भवको प्रमाणस्वरूप पाउँदछ। बाइबल भनिने यस अद्‍भुत वास्तविकताको सन्तोषजनक व्याख्या एउटै मात्र छ -- यो परमेश्वरकै प्रेरणाबाट दिइएको पुस्तक हो।
बाइबल परमेश्वरको प्रेरणाबाट दिइएको
"सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो र शिक्षाका लागि, भूलदोष देखाउनका लागि, सुधारका लागि र धार्मिकताको तालिमका लागि लाभदायक छ" (२ तिमोथी ३:१६)। बाइबल ईश्वरीय प्रेरणाबाट आएको हो भन्नुको तात्पर्य के हो? उक्त प्रेरणाको लम्बाइ र चौडाइ व्यक्त गर्न "पूर्ण" र "शाब्दिक" जस्ता व्याख्यात्मक शब्दहरू प्रयोग गरिन्छन्। "पूर्ण" शब्दले बाइबलको प्रत्येक पुस्तक, अध्याय र पदलाई सङ्केत गर्दछ। "शाब्दिक" ले चाहिँ बाइबलको प्रत्येक शब्द नै ईश्वर-प्रेरित हो भन्ने तथ्यलाई जनाउँछ। तसर्थ, प्रेरणाको माने बाइबलका मानवीय लेखकहरूमाथिको पवित्र आत्माको अलौकिक प्रभाव हो जुन प्रभावले गर्दा उनीहरूका सम्पूर्ण लेखोटहरू सत्य, अचूक र त्रुटिरहित रहन्छन्। तरैपनि, यो उल्लेखनीय छ कि बाइबलले आफ्नो प्रेरणाको तथ्यलाई प्रस्टै उल्लेख गरे तापनि यसले आफ्नो प्रेरणाको पक्षमा कहिल्यै बहस गर्न खोज्दैन। कसै-कसैले यस असङ्गति [paradox] लाई देखेर ताजुब मानेका छन्। एकपटक लोकप्रिय बाइबल शिक्षक सी एच म्याकिन्टोश (१८२०-१८९६) लाई सोधियो, किन बाइबलले आफ्नो प्रेरणाको पक्षमा बहस गर्दैन? उनले जवाफ दिए, "त्यो त सूर्य चम्किरहेको छ कि छैन भनेर प्रमाणित गर्न एउटा टर्च-लाइटलाई आकाशतिर देखाए बराबर हुन्छ!" भनाइको तात्पर्य यो थियो कि बाइबल आफै नै सर्वोत्तम प्रमाण हो। त्यसो भए तापनि बाइबलको शुरूदेखि अन्तसम्म नै अद्वित्तीय र अनन्त परमेश्वरकै लक्ष्यण भेटिन्छ।
अविनाशी पुस्तक बाइबल
कुनै पुस्तक विशेष छ भने त्यो पच्चीस वर्षसम्म पनि छापिन सक्छ। जुनचाहिँ एक शताब्दिभरि पढिन्छ त्यसलाई असाधारणमा गन्नु पर्छ, तर एक हजार वर्षसम्म रहिरहने पुस्तकहरू त एकदम थोरै हुन्छन्। तरैपनि बाइबल हजारौं वर्षदेखि संसारमै सबभन्दा लोकप्रिय पुस्तक बन्न सफल भएको छ यद्यपि पटक-पटक यसलाई आक्रमण गर्न र निमिट्यान्न पार्न भएभरको जमर्को गरिएको कुरा इतिहासले बताउँदछ।
रोमी सम्राट डायोक्लेटियन (ई सं ३०३) को समयदेखि लिएर शताब्दियौंभरि हाम्रै समयसम्म, थुप्रैले बाइबललाई संसारबाटै निमिट्यान्न पार्न प्रयास गरेका छन्। सैनिक शक्ति र दमनद्वारा रोमी साम्राज्य, क्याथोलिक चर्च, कम्युनिष्ट सरकारहरू लगायत मुस्लिम सरकारहरूले बाइबललाई आक्रमण गर्न र नष्ट गर्न खोजेका छन्। तर उनीहरूले हासिल गरेको सफलता न्यून छ। अठारौं शताब्दिमा बाइबलले भोल्टेयर, थोमस पेन आदि जस्ता "इनलाइटनमेन्ट" स्केप्टिक र नास्तिक दार्शनिकहरूको आक्रमण खप्यो। तर उनीहरूको प्रयास झनै कम प्रभावशाली भेटियो। फ्रान्सेली मानववादी [humanist] भोल्टेयरले एकपटक घोषणा गरे, "अबको पचास वर्षभित्रमा संसारबाट बाइबलको नाम निशाना मेटिनेछ।" तर भोल्टेयरको मृत्यु भएको पचास वर्षपछि, भोल्टेयर बसेकै घरबाट त्यहाँ भएको उनकै छापाखाना प्रयोग गरी जेनेभा बाइबल सोसाइटीले धमाधम बाइबलहरू छाप्न थाले। त्यस्ता आक्रमणले बाइबलमाथिको विश्वासलाई कमजोर तुल्याएन बरु झन् मजबुत तुल्यायो। विश्वासको खातिर कठोर सतावट भोग्ने फ्रान्सेली ह्युगनटहरूले बाइबल र इसाईमतलाई तीन कामदारहरूको घनको प्रहारमुनि रहेको फलामको अचानोसित तुलना गरेर चित्र कोरेका छन् जसमुनि निम्न शब्दहरू कुँदिएका छन्:
"घन जति बजार्छन्
र स्वर जति उचाल्छन्,
त्यति नै तिनीहरूले,
आफ्ना घन खियाउँछन्!"
परमेश्वरको वचन अविनाशी छ भन्ने तथ्य आजको दिनसम्मै पुष्टि भएको छ। बाइबलले हामीलाई याद गराउँदछ, "घास ओइलिहाल्छ, र फूल झरिहाल्छ, तर परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ" (१ पत्रुस १:२४-२५)।
पुरातात्त्विक प्रमाण
पुरातत्त्व विज्ञानको विस्तृत अन्वेषण र कैयौं आविष्कारहरूले बाइबलीय घटनाहरूको वास्तविकतालाई समर्थन गरेको पाइन्छ। पुस्तौंदेखि आलोचकहरूले बाइबलीय घटनाहरूको ऐतिहासिकता र सत्यताको खिल्ली उडाउँदै आए। तर, गत पच्चीस वर्ष यताका पुरातत्त्वका आविष्कारहरूले बाइबल ठीक तर उदारवादी विद्वानहरू बेठीक प्रमाणित गरेको छ। बीसौं शताब्दीका सर्वोत्कृष्ट यहूदी उत्खनक डा नेल्सन ग्लुएकले यसरी लेखेका छन्:
निर्विवादरूपमा यो भन्न सकिन्छ कि पुरातत्त्वको कुनै पनि आविष्कारले बाइबलको एउटै बुँदालाई समेत खण्डन गरेको छैन। बरु थुप्रै पुरातात्त्विक आविष्कारहरू प्रकाशमा आएका छन् जसले बाइबलका ऐतिहासिक कथनहरूलाई प्रस्ट रूपरेखामा वा पक्का प्रतिरूपमा समर्थन गरेको पाइएको छ।(१)
बाइबलीय अभिलेखको पुरातात्त्विक समर्थनको उत्तम उदाहरणस्वरूप हेरोदको शासनकालीन जनगणनालाई लिन सकिन्छ जुनचाहिँ कुरेनियस सिरियाका राज्यपाल हुँदा सम्पन्न भएको थियो। पुस्तौंसम्म उदारवादी विद्वानहरूले त्यस्ता जनगणनाहरू अवास्तविक हुन् भनी खिल्ली उडाए। उनीहरूको तर्क यो थियो: कुनै पनि सरकारले आफ्ना सम्पूर्ण नागरिकहरूलाई आ-आफ्ना जन्मस्थानमा जबरदस्ती कसरी पठाउन सक्लान् र? उनीहरूले बाइबल विश्वास गर्ने इसाईहरूलाई त्यस्तो जनगणना प्राचीन मध्यपूर्वमा भएको थियो भन्ने प्रमाण निकाल्न चुनौती समेत दिए। तर, गत केही वर्षहरूमा लेखोटहरू भेटिएका छन् जसले त्यस्ता जनगणनाहरूलाई समर्थन गर्दछन्। ख्रीष्टियन विद्वान डा जोन म्याकरेले, आफ्नो पुस्तक आर्किअलजी एण्ड द न्यू टेस्टामेन्ट (पुरातत्त्व र नयाँ नियम) मा पहिलो शताब्दीबाटको एउटा लेखोट प्रस्तुत गर्नुहुन्छ जसमा यसरी लेखिएको छ:
मिश्रका अधिपति गायस भिबियस म्याक्सिमस [बाट]: घर-घरको जनगणना लिने समय अब आइपुगेको हुनाले कारणवश आ-आफ्नो इलाकाबाहिर बसोबास गरिरहेका सबैलाई आ-आफ्नै घरमा फर्कनलाई बाध्य गराउन आवश्यक परेको छ ताकि उनीहरूले गणनाको नियमित काम पूरा गरून् र साथै आ-आफ्नो भूमिको खेतीपातीमा यत्‍नपूर्वक ध्यान दिऊन्।(२)
यो लगायत अन्य थुप्रै आविष्कारहरूले पवित्र शास्त्रको साँचोपनलाई समर्थन गर्दछ। बाइबलको अभिलेखलाई थप समर्थन गर्ने केही पुरातात्त्विक नव-आविष्कारहरू यस प्रकार छन्: एल्बा शीलालेखहरू, हित्ती साम्राज्य, येरीहोका पर्खालहरू, "चौतारा" (येशूलाई न्याय गरिएको स्थान) र बेथसैदाको पोखरीको अस्तित्व।
सप्रमाणताको जाँच
इसाई बाइबल विद्वानहरूले बाइबलको विश्वस्तता देखाउनलाई बाइबलका पाण्डुलिपिहरूको "सप्रमाणताको जाँच" लाई प्रमुख आधारशिलाको रूपमा औंल्याउने गरेका छन्। सप्रमाणताको जाँच (Authenticity Test) अनुसार कुनै लेखोटको सकलीपन, मूल हस्तलिखित गुरुकापीबाट उतारिएका प्रतिलिपिहरूको संख्या, मूल गुरुकापी तथा प्रतिलिपिहरूका बीचको समयावधि र प्रतिलिपिहरूका बीचको असङ्गतिको परिमाणको आधारमा निर्धारण गरिन्छ। यस जाँचअनुसार दौंतरी लेखोटहरूको तुलनामा बाइबलको नयाँ नियम सबभन्दा सकली लेखोट ठहर्दछ। हालसम्म नयाँ नियमका २०,००० हस्तलिखित प्रतिलिपिहरू अस्तित्वमा रहेका छन् भने पाण्डुलिपि संख्यामा नयाँ नियमपछि दोस्रो स्थान ओगट्ने होमरको इलियदको मात्र ६४३ प्रतिलिपिहरू छन्। अझ, नयाँ नियम पाण्डुलिपिहरूमध्ये सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचना गरिएको समयको अत्यन्तै नजिकका छन्। साथै पाण्डुलिपिहरूबीच मात्र २% भिन्नता रहेको पाइन्छ जुनचाहिँ अधिकांशरूपमा हिज्जे र बिराम चिन्ह (punctuation) जस्ता सामान्य कुरामा सीमित छन्! पाण्डुलिपिहरूबीचको कुनै पनि अन्तरले इसाई विश्वासको एउटै पनि आधारभूत बुँदालाई फेरफार गर्दैन। यसैकारण ब्रिटिश म्युजियम (सङ्ग्रहालय) का भूतपूर्व निर्देशक तथा नयाँ नियम लेखोटका विद्वान, सर फ्रेडरिक जी केन्यनले यसरी भनेका छन्:
मौलिक रचना र त्यसको सबभन्दा पुरानो प्रमाणका मितिहरूबीचको समयावधि यति सानो छ कि त्यो वास्तवमै नगण्य छ जसको कारण पवित्र शास्त्र हामीकहाँ दुरुस्तै आइपुगेको छ भन्ने तथ्यमाथि उठ्न सक्ने शंकाको रहलपहल अंश समेत अब हटिसकेको छ। नयाँ नियमका पुस्तकहरूको सप्रमाणता र साँचोपना (integrity) दुवै अपरिवर्तनीयरूपमा स्थापित भएको मान्न सकिन्छ।(३)
तसर्थ, सप्रमाणताको जाँचले बाइबलको नयाँ नियमलाई प्राचीन उत्कृष्ट साहित्यमा सबभन्दा विश्वसनीय लेखोटको रूपमा रहेको प्रमाण दिन्छ! तर अन्य प्रतिष्ठित साहित्यको पाण्डुलिपिहरूलाई हेर्दा उल्लेखनीय अन्तर पाउँदछौं। उदाहरणको लागि, ट्यासीटसको एनल्स (Tacitus's Annals) को सबभन्दा पुरानो प्रतिलिप त्यसको मौलिक रचनाभन्दा १,००० वर्ष पछिको छ अनि जम्मा प्रतिलिपिहरू संख्यामा आज २० ओटा मात्र छन्। त्यस्तै गरी सुटोनीयसको द ट्वेल्भ सिजर्स (Suetonius's The Twelve Ceasars) को सबभन्दा पुरानो प्रतिलिपि त्यसको मौलिक रचनाभन्दा ८०० वर्ष पछिको छ अनि प्रतिलिपिहरू संख्यामा जम्मा ८ ओटा मात्र छन्। तुलनामा नयाँ नियमका सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचनाको ५० वर्षभित्रै लेखिए अनि पाण्डुलिपिहरूको जम्मा संख्या आज झण्डै २४,००० पुगिसकेको छ।
मृत-सागरका चर्मपत्रहरू
१९४७ मा आफ्नो हराएको बाख्रा खोज्दै गरेको एउटा गोठाला ठिटोले पाण्डुलिपि इतिहासमै एक उच्चतम महत्त्वको आविष्कार गरे। मृत-सागरको उत्तर-पश्चिमी तटतिर फर्केको चुनढुङ्गाको गुफाहरूमा उनले ९०० भन्दा बढी हस्तलेखहरू भेट्टाए जसमा बाइबलीय र गैर-बाइबलीय गरी ३५० ओटा बेग्लाबेग्लै कृतिहरू पाइए। एउटै गुफामा मात्र ५२० ओटा गुरुकापीहरू भेटिए जो ई पू तेस्रो शताब्दीसम्म पुराना थिए। ती चर्मपत्रका मुठाहरूमा पुरानो नियमका पुस्तकहरूमध्ये एस्तरको बाहेक सबै पुस्तकहरूका प्रतिलिपिहरू भेटिए। १९४७ मा यी चर्मपत्रहरू प्रकाशमा नआएसम्म पूर्ण पुरानो नियमको सबभन्दा पुरानो पाण्डुलिपि ई सं ९०० वरिपरिको मात्र थियो। कुमरानको गुफा #१ मा भेटिएको ई पू १२५ मितिको भनी ठहरिएको एउटा मृत-सागर चर्मपत्रको मुठामा यशैयाको पूरै अगमवाणी रहेको पाइयो। उक्त मुठा त्यसबेलासम्म उपलब्ध कुनै पनि पाण्डुलिपि (म्यासोरेटिक टेक्स्ट) भन्दा १,००० वर्ष अघि लेखिएको थियो। गजबको कुरा के भने, अघिल्लो र पछिल्लो लेखोटहरूलाई परस्पर तुलना गर्दा ९५% दुरुस्तै भेटिए। बाँकी ५% अन्तर केवल हिज्जे, व्याकरण र चिन्ह [punctuation] को तलमाथिमा सीमित रहेको पाइयो। मृत-सागर चर्मपत्रहरूको आविष्कारले प्रतिलिपिहरूको शुद्धताको निम्ति पुरानो नियम पवित्र शास्त्रका यहूदी लेखनदासहरूको असाधारण समर्पणता प्रकट गर्दछ। यी प्राचीन लेखोटहरू हाम्रा वर्तमान बाइबलसित यति विधि मिलेको देख्दा आलोचक तथा अविश्वासीहरू स्तब्ध भए। यसरी नयाँ नियम पाण्डुलिपिहरूको नयाँ अनुसन्धान (textual research) लगायत मृत-सागर चर्मपत्रहरूले सबै मुनासीब शंकालाई पन्छाएको छ र बाइबलको अपूर्व शुद्धतालाई प्रमाणित गरेको छ।
भविष्यवाणीको प्रमाण
बाइबलका भविष्यवाणीहरू यस पुस्तकको ईश्वरीय-उद्‍भवको सर्वोत्कृष्ट हृदयग्राही प्रमाणहरूमध्ये एउटा हो। बाइबलका करिब ३,८५६ पदहरू प्रत्यक्ष वा अप्रत्यक्षरूपमा भविष्यवाणीसित सम्बन्धित छन् -- प्रत्येक ६ ओटामा एउटा पदले भावी घटनाहरू बताउँदछ। दुवै पुरानो र नयाँ नियमले भावी विश्व घटनाहरूको ईश्वरीय प्रकाश प्रस्तुत गर्दछन्। टायरको विनाश, यरुशलेमको आक्रमण, बेबिलोन र रोमको पतन -- प्रत्येक नै बाइबलमा किटानसाथ भविष्यवाणी गरिएका थिए र तिनमा उल्लेखित सानो भन्दा सानो बुँदा समेत हुबहु पूरा भए। यस तथ्यलाई लिएर तुलनात्मक अध्ययन गर्दा विश्वका अन्य धर्महरूको दाँजोमा बाइबलको अलग्गै स्थान देखिन्छ। बुद्ध धर्म, हिन्दु धर्म, इस्लाम धर्म र कन्फ्युसियस धर्म प्रत्येकको आफ्नै धर्मग्रन्थ छ, तर उल्लेखनीय कुरा के भने ती शास्त्रहरूमा भविष्यवाणी पाइँदैन। मानौं परमेश्वरले यही सत्यतालाई आधार बनाएर आफूलाई संसारका "ईश्वर" भनाउँदाहरूदेखि पृथक राख्‍नुहुन्छ। संसारलाई परमेश्वरको चुनौती यस प्रकार छ -- "मजस्तै को छ र? त्यसले घोषणा गरोस्। त्यसले बताओस् र मेरो अगि राखोस्... जे हुन आउँछ त्यसले हामीलाई अघिबाटै बताओस्... तर मैले भन्ने कुरा म, परमप्रभु आफैले नै भन्नेछु, र त्यो ढीलो नभई पूरा हुनेछ। मैले भनेको कुरा म पूरा गर्नेछु" (यशैया ४४:७, इजकिएल १२:२५, २४:१४; यर्मिया २८:९)। तुलनामा जुनसुकै भाषाको एउटै पनि मानवीय कृति बाइबलको बनोट र संरचनाको अलिकति पनि नजिक आउन सक्दैन। यथार्थ यही हो -- केवल एक सर्वज्ञानी विचारकर्ताले मात्र यस पुस्तकहरूको पनि पुस्तकको रचना गर्न सम्भव थियो।
निष्कर्ष
बाइबल परमेश्वरबाटै दिइएको हो भन्ने कुराको समर्थन गर्ने प्रमाणहरूको सँगालो वृहत् र विश्वसनीय छ। पवित्र शास्त्रको ऐतिहासिक, वैज्ञानिक र नैतिक प्रमाण एक अल्गो र अटल गढी जस्तै खडा छ। तथापि उदारवादी आलोचक र अविश्वासीहरूले यसमाथि हमला नगरेका होइनन्, यसलाई चुनौतीहरू नदिएका होइनन् तरैपनि पवित्र शास्त्रको सत्यतालाई कमजोर तुल्याउन तीमध्ये एउटै प्रयास पनि सफल भएको छैन। बाइबल एक विश्वव्यापी सन्देश बोकेको पुस्तक हो जुन सन्देश सबै मानिसका लागि हो। यो एउटै मात्र पुस्तक हो जसमा दुवै बालक र विद्वानले उत्तिकै आनन्द लिन सक्दछ। यसको सरल, जीवन परिवर्तन गर्ने शक्तिले राष्ट्रिय सीमानाहरू, सांस्कृतिक पर्खालहरू र भाषीय भिन्नताहरूलाई पार गरेर करोडौंलाई शान्ति, आनन्द र क्षमा ल्याउँदछ। बाइबलले मात्र खराब मान्छेलाई सज्जन बनाउँदछ र विद्रोहीलाई पवित्र जन बनाउँदछ। बाइबलको सबभन्दा ठूलो प्रमाणचाहिँ यसले तपाईंमा ल्याउन सक्ने जीवनको परिवर्तन हो।
Source : http://wordoftruth.com.np/?page=amazing-book-bible

Monday, October 22, 2018

बाइबलीय ज्ञान (सुसमाचारको पुस्तकहरुबाट)

बाइबल क्विज
सुसमाचारको पुस्तक
  • सुसमाचारको पुस्तक भनेर बाइबलका कुन कुन पुस्तकलाई चिनिन्छ?
    - मत्ती, मर्कुस, लुका र यहुन्नाको सुसमाचार
  • इम्मानुएलको अर्थ के हो ?
    - परमेश्वर हामीहरुसँग
  • प्रभु येशूको जन्म कहाँ भएको थियो ?
    - यहूदियाको बेथलेहेममा
  • येशूको जन्मबारे मरियमलाई बताउने स्वर्गदुत को थिए ?
    - गब्रियल
  • प्रभु येशूको जन्मको समयमा यहूदियामा कस्को शासन थियो ?
    - हेरोद राजाको
  • प्रभु येशू कुन वंशबाटको हुनुहुन्थ्यो ?
    - दाउदको वंशबाट
  • बालक येशूलाई ज्योतिषहरुले के–के चढाए ?
    - सुन, सुगन्धित धुप र मुर्रका भेटी
  • ज्योतिषीहरुले उहाँलाई सुन, सुगन्धित धुप र मुर्रका भेटी चढाउनु अघि के गरे ?
    - कन्तुर खोले
  • यहूदियामा राजा हेरोदपछि कसले शासन गरे ?
    - अर्खिलाउस
  • बप्तिस्मा दिने यूहन्नाले उजाडस्थानमा के भन्दै प्रचार गरेका थिए ?
    - पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।
  • बप्तिस्मा दिने यूहन्नाले के खान्थे ?
    - सलह र वनमह
  • बप्तिस्मा दिने यूहन्नाले के–के वस्त्र लाउँथे ?
    - ऊँटको रौँको वस्त्र र छालाको पटुका
  • बप्तिस्मा दिने यूहन्नाले कहाँ पश्चात्तापको बप्तिस्मा दिएका थिए ?
    - यर्दन नदीमा
  • येशू प्रभुलाई नदेखेसम्म मर्नेछैनौ भनि परमेश्वरको दर्शन पाउने व्यक्ति को थिए ?
    - शिमियोन
  • बप्तिस्मा दिने यूहन्नाका बाबु र आमा को–को हुन् ?
    - जकरिया र एलीशिबा 
  • बप्तिस्मा दिने यूहन्नाका बाबु जकरिया कुन दलका पूजाहारी थिए ?
    - अबिया दलका
  • बप्तिस्मा दिने यूहन्नाकी आमा एलीशिबा कुन वंशकी थिइन् ?
    - हारुन वंशकी
  • दियाबलसको अर्को नाउँ के हो ?
    - शैतान
  • उजाड स्थानमा येशू कति समयसम्म उपवास बस्नुभयो ?
    - ४० दिन ४० रातसम्म
  • प्रभु येशूको प्रथम चेलाहरु को–को हुन् ?
    - पत्रुस भन्ने सिमोन र अन्द्रियास
  • याकुब र यूहन्ना कसका छोरा थिए ?
    - जब्दियाका
  • डाँडाको उपदेश मत्तीको कुन अध्यायमा पाइन्छ ?
    - मत्ती ५
  • प्रभुले सिकाउनु भएको प्रार्थना मत्तीको कति अध्यायको कति पदमा पाइन्छ ?
    - मत्ती ६:९–१३
  • जसले परमेश्वरको वचन सुन्छ र पालना गर्छ त्यसलाई परमेश्वरले के सँग तुलना गर्नुभएको छ ?
    - बुद्धिमान मानिस
  • प्रभु येशूले कति रोटी र माछाबाट पाँच हजार जनालाई खुवाउनु भएको थियो ?
    - पाँच रोटी र दुई माछाबाट
  • नयाँ करारको सुनौलो पद भनेर कुन पदलाई चिनिन्छ ?
    - यूहन्ना ३:१६
  • यूहन्ना १० अध्यायमा येशूलाई कुन रुपमा प्रस्तुत गरिएको छ ?
    - असल गोठाला
  • पत्रुस सिमोन कसका छोरा थिए ?
    - योनाका
  • जब्दियाका छोराहरु याकूब र यूहन्नालाई प्रभु येशूले के नाम दिनुभएको थियो ?
    - बोअनर्गेश
  • बोअनर्गेशको अर्थ के हो ?
    - गर्जनका छोराहरु
  • प्रभु येशूका सबैभन्दा प्रिय चेला को हुन् ?
    - यूहन्ना
  • प्रभु येशूले पहिलो आश्चर्यकर्म कहाँ गर्नुभएको थियो ?
    - काना शहरको विवाह भोजमा
  • प्रभु येशूले गर्नुभएको पहिलो आश्चर्यकर्म के थियो ?
    - पानीलाई दाखमद्यमा परिणत गर्नुभएको
  • बालजिबुलको अर्थ के हो ?
    - भुतहरुको मालिक
  • हेरोदियास को थिईन् ?
    - राजा हेरोदको भाई फिलिपकी पत्नी
  • राजा हेरोदसँग बप्तिस्मा दिने यूहन्नाको शिर माग्ने स्त्री को थिईन् ?
    - हेरोदियासकी छोरी
  • हेरोदले बप्तिस्मा दिने यूहन्नाको शिर ल्याउन कसलाई आदेश दिए ?
    - गारदको एक सिपाहीलाई
  • १२ वर्षसम्म रगत बग्ने रोग लागेकी स्त्री कसरी निको भएकी थिई ?
    - येशूको वस्त्र छोएर 
  • प्रभु येशूले आफ्नो सेवा–कार्य आरम्भ गर्नुहुँदा उहाँ कति वर्षको हुनुहुन्थ्यो ?
    - करिब ३० वर्ष
  • परमेश्वरको राज्यलाई केसँग तुलना गरिएको छ ?
    - रायोको दाना
  • अन्त्यका दिनका चिन्हहरु मत्तीको कति अध्यायमा दिईएको छ ?
    - मत्तीको २४ मा
  • प्रभु येशूले पुनर्जीवित पार्नुभएको लाजरस कुन गाउँका थिए ?
    - बेथानिया
  • येशूले लाजरसलाई चिहानमा राखेको कति दिन पछि जीवित पार्नुभएको थियो ?
    - ४ दिनपछि 
  • प्रभु येशूले पुनर्जीवित पार्नुभएको लाजरसका दिदीहरु को–को थिए ?
    - मार्था र मरियम
  • प्रभु येशूले आफ्नो मृत्युको बारेमा कतिपटक भविष्यवाणी गर्नुभएको थियो ?
    - ३ पटक
  • निस्तार चाडको अन्तिम भोज तयार पार्न प्रभु येशूले कस–कसलाई शहरमा  पठाउनु भएको थियो ?
    - पत्रुस र यूहन्नालाई
  • प्रभु येशूलाई विश्वासघात गर्ने चेला को थियो ?
    - यहुदा इस्करियोत
  • विश्वासघाती यहूदा इस्करियोत कस्को छोरो थियो ?
    - सिमोन इस्करियोत
  • यहुदाले येशूलाई पक्राउनको निम्ति प्रधानपूजाहारीहरुसँग के लिएको थियो ?
    - ३० चाँदिका सिक्का
  • बाह्र प्रेरितहरुमध्ये मत्ती नाउँ भएका प्रेरितले पहिले के कार्य गर्थे ?
    - कर उठाउने
  • यहूदा इस्करियोतले प्रभु येशूलाई पक्राइदिए वापत पाएको ३० चाँदीका सिक्का के गर्यो ?
    - प्रधान पूजाहारीहरुको सामु मन्दिरमा फ्याकेर गयो
  • यहूदा इस्करियोतले प्रभु येशूलाई पक्राइदिए वापत पाएको ३० चाँदीका सिक्का मन्दिरमा फ्याकेर गएपछि पूजाहारीहरुले त्यस सिक्काले के गरे ?
    - परदेशीहरुको दफनको निम्ति जमिन किने
  • आखेल्दा को अर्थ के हुन्छ ?
    - रगतको जमिन
  • बारनाबासको अर्थ के हो ?
    - उत्साहको पुत्र
  • सिलोआम को अर्थ के हो ?
    - पठाइएको
  • बेथानिया यरुशलेमबाट कति टाढा पर्छ ?
    - प्रायः तीन किलोमिटर
  • प्रभु येशूले अन्तिम प्रार्थना कहाँ गर्नुभएको थियो ?
    - जैतुन डाँडामा
  • येशूलाई कुन ठाउँबाट पक्राउ गरिएको थियो ?
    - गेतसमनीको बगैँचा
  • प्रभुको येशूको पक्राउको समयमा त्यहाँका प्रधान पूजाहारीको थिए ?
    - कैयाफा
  • हन्नास र कैयाफा बीचको सम्बन्ध के थियो ?
    - ससुरा ज्वाँइ
  • येशूको पक्राउको बेला पत्रुसले कान काटिदिएको व्यक्ति को थियो ?
    - प्रधान पूजाहारीको नोकर माल्खस
  • प्रभु येशूलाई पक्रने बित्तिकै कहाँ लगिएको थियो ?
    - हन्नास कहाँ
  • येशूको पक्राउको समयमा पत्रुसले प्रभु येशूलाई कति पटक इन्कार गरेका थिए ?
    - ३ पटक
  • प्रभु येशूको सट्टामा छोडिने कैदी को थियो ?
    - बारब्बा
  • येशूको सट्टामा क्रुस बोकिदिने व्यक्ति को थिए ?
    - कुरेनीको सिमोन
  • प्रभु येशूको क्रुस बोकिदिने कुरेनीको सिमोनको दुई सन्तानको नाउँ के के थियो ?
    - अलेक्जेन्डर र रुफस
  • गलगथाको अर्थ के हो ?
    - खोपडीको स्थान
  • प्रभु येशूलाई क्रुसमा टाँग्दा कति बजेको थियो ?
    - बिहानको ९ बजे
  • प्रभु येशूको क्रुसमा के दोषपत्र टाँगिएको थियो ?
    - यो यहूदीहरुको राजा हो ।
  • येशूले कति बजे प्राण त्याग्नुभएको थियो ?
    - मध्यान्हको करिब ३ बजे
  • येशू प्रभुलाई क्रुसमा टाँगिएपछि येशुको मृत शरिर माग्ने को थिए ?
    - अरिमाथियाका योसेफ
  • प्रभु येशूको दफन कार्यको निम्ति निकोदेमसले के–के लिएर आएका थिए ?
    - प्रायः ३३ किलो मूर्र र एलवा मिश्रित द्रव्य
  • येशू पुनरुत्थान भई उठ्नुभएपछि कति दिनसम्म चेलाहरुसँग रहनुभयो ?
    - ४० दिनसम्म
  • प्रभु येशू पुनरुत्थान भई उठिसकेपछि सबैभन्दा पहिले कसकहाँ देखा पर्नुभएको थियो ?
    - मरियम मग्दलिनीकहाँ
  • प्रभु येशू पुनरुत्थान भई मरियम मग्दलिनीकहाँ देखा परेपछि उनीबाट कति भुतहरु निकाल्नुभएको थियो
    - ७ वटा
  • येशू कुन ठाउँबाट माथि उचालिनुभएको थियो ?
    - जैतुन डाँडा
©Victory AG Church, Khajura Bazaar

अराजकताको दिनमा हामी के गर्न सक्छौं ?

यस वर्तमान संसारमा, अराजकता र सत्यत्यागको बीचमा, परमेश्वरका जनहरूले के गर्न सक्छन्? हामीले ठ्याक्कै के गर्नुपर्छ भनेर परमेश्वरले बताउनुभएको ...